नेप्सेमा आज वृद्धि भएको छ । आज मंगलबार नेप्से ११.९६ अंकले बढेर २५७८.७३ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५९ कम्पनिका ८९ लाख ५५ हजार २३० कित्ता शेयर ३ अर्ब १३ करोड ८१ लाख १९ हजार ५२८ मा कारोबार भएको थियो । आज माइक्रोफाइनान्स र निर्जीव बीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी त्रिशुली जलविद्युतको शेयर ५.११ प्रतिशतले बढेको छ भने सालपा विकास बैंकको शेयर ३.७७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सर्वोत्तम पेन्टसको शेयर ४.९४ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी घलेम्डि हाइड्रोको २३ करोड ९१ लाख बराबरको कारोबार भएको छ भने लिबर्टी इनर्जीको १३ करोड ९१ लाख बराबरको कारोबार भएको छ ।







प्रतिक्रिया लेख्नुहोस्