२०८३ अशोज २२, बिहिबार

माछापुच्छ्रे बैंक दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कारबाट पुरस्कृत

ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा उत्कृष्ट कार्यको आधारमा माछापुच्छ्रे बैंकले दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार प्राप्त गरेको छ ।

बैंकले Infosys Finacle Innovation Awards 2026 अन्तर्गत ‘Maximizing Customer Engagement’ विधामा Platinum Award प्राप्त गरेको छ । बैकले ग्राहकको खाता खोल्ने प्रकृया लगायत बैंकिङ सेवामा जोडिने प्रक्रियालाई अझ सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरेको ‘Reinventing Customer Onboarding’ मा गरेको पहलकदमीको लागि उक्त सम्मान प्राप्त गरेको हो ।

Infosys Finacle Innovation Awards, बैंक तथा वित्तीय संस्थाले प्रविधि, नवप्रवर्तन र ग्राहक केन्द्रित सेवाका क्षेत्रमा गरेका उत्कृष्ट कार्यहरुलाई सम्मान गर्दै आएको छ । सन् २०२६ को संस्करणमा विश्वभरबाट ९ विधामा ५०० भन्दा बढी आवेदनहरु मध्येबाट पुरस्कारहरु छनौट गरिएका हुन् ।

उक्त सम्मानले बैंकले डिजिटल रूपान्तरण र ग्राहक सम्बन्ध सुधारलाई प्राथमिकताक्रममा राखेका प्रतिबिम्बित भएको छ । बैंकले ग्राहकलाई सरल, सहज, छिटो र सुरक्षित बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले डिजिटल प्रविधिको प्रयोगलाई निरन्तर विस्तार गर्दै आएको छ ।

यसैगरी, बैंकले अन्तर्राष्ट्रिय सम्मान स्वरूप ‘Best Performance on Risk Management’ नाममा अर्को पुरस्कार प्राप्त गरेको छ । Indian Chamber of Commerce द्वारा नयाँ दिल्लीमा आयोजित Fourth Emerging Asia Banking Conclave and Awards 2026 मा बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

यो पुरस्कार बैंकले कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा तरलता जोखिम व्यवस्थापनका क्षेत्रमा गरेको प्रयासको सम्मानस्वरूप प्रदान गरिएको हो । यस सम्मानबाट बैंकले सुरक्षित, जिम्मेवार र सावधानीपूर्ण बैंकिङ अभ्यासलाई प्राथमिकता दिएको देखाएको छ ।

यी दुई अन्तर्राष्ट्रिय सम्मानसँगै बैंकले पछिल्ला वर्षहरूमा विभिन्न प्रतिष्ठित पुरस्कार प्राप्त गर्दै आएको छ । बैंकले Visa Leadership Conclave Award 2023 र 2024, Infosys Finacle Innovation Award 2023 र 2025, तथा Rising Star in Asset Quality Award 2025 लगायत विगत वर्षहरुमा विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गरिसकेको छ ।

प्रतिक्रिया लेख्नुहोस्