नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज तय गरिएको मतदान नहुने भएको छ । मतपत्र छाप्न ढिलाइ हुनुका साथै आवश्यक प्राविधिक तयारी पूरा नभएपछि मतदान शुक्रबारका लागि सारिएको हो ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार अब शुक्रबार बिहान ७ बजेदेखि मतदान हुनेछ । मतदानको तयारीका लागि आवश्यक काम भइरहेको उनले बताए ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन् । सभापतिसहित पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ ।
कांग्रेस सभापतिका लागि गगन थापा र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन् । मतदानबाट सभापतिसहित पार्टीको नयाँ केन्द्रीय नेतृत्व चयन हुनेछ ।







प्रतिक्रिया लेख्नुहोस्