गरिमा विकास बैंक लिमिटेडको बीसौं वार्षिक साधारणसभा आज सोमबार कास्की जिल्लाको पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ ।
उक्त साधारण सभाले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित पेश भएका सम्पूर्ण प्रस्तावहरु पारित गरेको छ ।
उक्त साधारणसभाबाट विकास बैंकको आ.व. २०८२–८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको विकास बैंकको २०८३ असार मसान्तको वासलात, आ.व. २०८२–८३ को नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँड हिसाब, इक्वीटिमा भएको परिवर्तन लगायत सो सँग सम्बन्धित अनुसूचीहरु पारित गर्ने तथा आ.व.२०८३–८४ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पारित भएका छन् ।
हाल विकास बैंकको चुक्ता पूँजी रु.६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ र पैसा २२ रहेकोमा यस वार्षिक साधारणसभाबाट पारित भएको १० प्रतिशत बोनस शेयर वितरण पश्चात विकास बैंकको जारी तथा चुक्ता पुँजी रु.६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २ सय ३ र पैसा ९४ पुग्नेछ ।
ISO 9001:2015 र ISO 27001:2022 मान्यता प्राप्त यस विकास बैंकले देशभर १२६ शाखा कार्यालयहरु, ५१ एटिएम एवं नविनतम डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।







प्रतिक्रिया लेख्नुहोस्