२०८३ अशोज २६, सोमवार

एनएमबि बैंक र र्‍यापिड टेकबीच ‘नेपाल फिनटेक एक्सपो २०२६’मा विशेष सम्झौता

एनएमबि बैंक लिमिटेडले ‘नेपाल फिनटेक एक्सपो २०२६’को अवसरमा र्‍यापिड टेक प्रालिसँग डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य गरेको छ । व्यावसायिक संस्थानहरूले प्रयोग गर्दै आएका दैनिक सफ्टवेयर तथा डिजिटल प्रणालीहरूबाट सोझै बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ बैंकले यो सम्झौता गरेको हो ।

यस सहकार्य पश्चात् एनएमबि बैंकका व्यावसायिक तथा कर्पोरेट ग्राहकहरूले चाँडै नै आफ्नो बैंकिङ्ग प्रणालीभित्रै रही रकम भुक्तानी, हिसाब मिलान, र बैंकिङ्ग कारोबारहरू तुरुन्तै गर्न सक्नेछन् ।

त्यसैगरी, साना तथा मझौला ग्राहकहरूले पनि व्यापारिक केन्द्रहरू तथा विभिन्न डिजिटल प्लेटफर्महरूमा अझ छिटो, सुरक्षित र सहज रूपमा बैंकिङ्ग सेवाहरू प्राप्त गर्न सक्नेछन् । निकट भविष्यमा सञ्चालनमा आउने यस सुविधाले अनावश्यक झन्झट हटाई ग्राहकहरूको समय बचत गर्नुका साथै वित्तीय कारोबारलाई अझ सरल बनाउन मद्दत पुर्‍याउनेछ ।

एनएमबि बैंकले हाल देशभरी १९७ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय बैकिङ्ग सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्