प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको छ । बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।
बैठकमा सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल हुने कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए ।
बैठकका लागि संसदमा प्रतिनिधित्व गर्ने नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बोलाइएको छ ।







प्रतिक्रिया लेख्नुहोस्