नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले आफूसहित पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई थुनिदिने चेतावनी दिएको दाबी गरेका छन् ।
बुधबार पार्टीको राष्ट्रिय भेलामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बोली होस्मै बोलेको हो कि बेहोसमा हो भनेर प्रश्न समेत गरे ।
ओलीले भनेका छन्, ‘आईजीपी हुनेबित्तिकै होस्मा हो कि बेहोसमा हो बोलेको सुन्छु म । आईजीपीको बोली त्यस्तो हुन्छ ? म केपी ओलीलाई थुनिदिन्छु, शेरबहादुरलाई थुनिदिन्छु, प्रचण्डलाई थुनिदिन्छु । केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् ? यिनका । थुनिदिन्छु अरे ।’
उनले आफूहरू राणा, राजा र पञ्चायतविरुद्ध समेत लडेर आएको प्रसंग झिक्दै प्रहरी प्रशासनले मजाक गरेको जिकिर गरे ।








प्रतिक्रिया लेख्नुहोस्