निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सोमबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ। अर्को सुनुवाइको मिति भने तोकिसकेको छैन ।
मुद्दामा विपक्षी बनाइएका नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई म्याद बुझाउन बाँकी रहेकाले मुद्दाको सुनुवाइ स्थगित भएको बताइएको छ। यसअघि सर्वोच्च अदालतले म्याद बुझाउन जाँदा केसीको पदअतिरिक्त महानिरीक्षक (एआईजी) भएको भन्दै प्रहरी प्रधान कार्यालयले म्याद बुझ्न अस्वीकार गरेको थियो ।
त्यसपछि दानबहादुर कार्कीले नै सर्वोच्च अदालतमा अर्को निवेदन दिएका थिए। यसको आधारमा केसी प्रहरी महानिरीक्षक रहेको भन्दै निवेदन र आदेश सच्याइएको थियो। त्यसपछि म्याद बुझाउने कार्य रहेकाले सुनुवाइ स्थगित भएको हो ।








प्रतिक्रिया लेख्नुहोस्