२०८२ चैत्र २२, आइतवार

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बिहीबारको तुलनामा आज प्रतितोला सुनमा आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि पाँचले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज एक लाख ५४ हजार १०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ८४५ कायम भएको छ।

प्रतिक्रिया लेख्नुहोस्