२०८२ चैत्र २२, आइतवार

बढ्यो सुनको मूल्य, कति पुग्यो बजार भाउ?

तीन दिनदेखि लगातार घटिरहेको सुनको मूल्य बुधबार बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ४ सय रूपैयाँले बढेको हो । आज सुन तोलाको १ लाख ६० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार, सोमबार र मङ्गलबार सुनको मूल्य तोलामा क्रमशस् २ सय, ३ सय र ९ सय रूपैयाँले घटेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २० रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्