२०८२ अशोज २७, सोमवार

एमसिसीको काम अघि बढाउन अमेरिकी सरकारको अनुमती

अमेरिकी सरकारले नेपालमा कार्यान्वयनमा रहेको संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को काम अघि बढाउन अनुमती दिएको छ । अमेरिकी सरकारले नेपालमा पत्राचार गर्दै काम अघि बढाउन अनुमती दिएको हाे ।

सोमबार एक पत्र प्रकाशन गर्दै नेपाल सरकार र उक्त निकायबीच सम्बत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट कार्यान्वयन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जनवरी २०, २०२५ को कार्यकारी आदेशानुसार पुनरावलोकनका लागि स्थगन भएको थिय तर  एमसीसीको जुलाई २४, २०२५ को पत्रबाट उक्त पुनरावलोकन कार्य समाप्त भएको र नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको विज्ञप्तिमा उल्लेख रहेको छ ।

एमसिसीले नेपाल सरकारको अर्थ मन्त्रालय र एमसिए–नेपालसँग निकट सहकार्य गर्दै कम्प्याक्टअन्तर्गत गरिएका वा सुरु गर्न लागिएका गतिविधि (सम्भावित नयाँ प्रतिबद्धतासहित) अमेरिका र नेपाल सरकारका प्राथमिकतासँग मेल खाने, पारदर्शिता, सुशासन, प्रभावकारी कार्यान्वयन र जोखिम व्यवस्थापन सुनिश्चित गर्ने गरी अगाडि बढाइरहेको जनाएको छ ।

अमेरिका नेपालसँगको द्विपक्षीय सम्बन्ध र नेपाली जनताको समृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि प्रवद्र्धन गर्ने प्रयासप्रति प्रतिबद्ध रहेको दूतावासले जनाएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै भ्रष्ट मुलुक नेपाल भएको भन्दै एमसीसी रोक्न निर्दशन दिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्