२०८२ अशोज २५, शनिबार

रौतहटमा सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी जलेको अवस्थामा फेला

रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी शरीर जलेको अवस्थामा फेला परेका छन् ।

आरोपी लक्ष्मण पासवान रौतहटको माधवनारायण नगरपालिका६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवामानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका हुन् ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पुर्‍याएको छ र घटनाबारे अनुसन्धान जारी राखेको छ । गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्किएकी रुबीको शव सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार हत्याका मुख्य आरोपी पासवानले आफ्नो शरीरमा आफैंले आगो लगाएको अवस्थामा भेटिएका हुन् । उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीको भनाइ छ । उनलाई गम्भीर अवस्थामा फेला पारेको प्रहरीले उपचारका लागि गरुडामा रहेको एक अस्पतालमा पुर्‍याएको छ ।

प्रतिक्रिया लेख्नुहोस्