नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक कार्यकाल पूरा गर्न चार पल्ट प्रधानमन्त्री हुनुपर्ने अवस्था रहेको बताएका छन् । झापा-५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका ओलीले चार पल्ट प्रधानमन्त्री हुँदा एक कार्यकाल पूरा भएको स्मरण गरे ।
उनले भने, ‘ठ्याक्कै उभिएर विकास हुँदैन । पहिला भएको ठाउँभन्दा अलिकति अगाडि पाइला सार्नु पर्छ, अनि मात्रै यात्रा हुन्छ । यात्रा हुनलाई पाइला अगाडि सार्नु पर्छ । अगाडि पाइला सार्दा नयाँ ठाउँमा टेक्नुपर्छ । त्यो सबैले बुझ्दैन ।
‘देशभक्तिको काम गर्नै नहुने । यहाँ औद्योगिक क्षेत्र बनाउन नदिने भनेर देशभित्र देश बाहिरका अनेक शक्ति लागेका छन्। कुनै पनि कामलाई मजाक उडाउने । गम्भीर कुराहरू गर्दा उखान टुक्का भन्यो भन्ने । गम्भीर कुरा भन्या हुन्छ, उखान टुका भन्छ,’ उनले भने, ‘मैले विभिन्न शास्त्रका इतिहासका कुरा गरेको हुन्छ । उनीहरूले उखान टुका भन्छ । त्यो दुई दिन जागरण गएको हो कि बंगाएका हुन् त्यो उनीहरू जानुन् ।
त्यही भएर हामीले काम गर्न छोड्नु भएन । यसलाई पनि अगाडि बढाइन्छ ।’
संसारभरिका सबै शहरमा सभागृह, सामुदायिक भवन, रंगशालाहरू हुने भन्दै उनले आफूले रंगशाला बनाउन खोज्दा पनि विरोध भएको बताए ।







प्रतिक्रिया लेख्नुहोस्