राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन पुगेका छन् । उनी बिहीबार दिउँसो बुद्ध एयरको विमानमार्फत चितवन गएका हुन् ।
लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार, उनले चितवनको लंकु लक्ष्मीनारायण मन्दिरमा स्वस्तिशान्ति पूजा गर्नेछन् । त्यसपछि भरतपुरको विशालचोकस्थित निवासमा गृहप्रवेशको कार्यक्रम तय भएको छ ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन केन्द्रित घरदैलो कार्यक्रमका लागी लामिछाने चितवन पुगेका हुन् । लामिछाने चितवन क्षेत्र नम्बर–२ बाट उमेदवार छन् ।







प्रतिक्रिया लेख्नुहोस्