आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अछाम क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार राजेश रावलले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार भूपदेव शाहलाई समर्थन गर्ने निर्णय गरेका छन्।
रावलले आइतबार अछामको मंगलसेनमा आयोजित कार्यक्रममार्फत परिवर्तन, सुशासन र जनउत्तरदायी राजनीतिका पक्षमा सहकार्य गर्ने उल्लेख गर्दै शाहलाई पूर्ण समर्थन गर्ने सहमति गरेका हुन्। सहमति पत्रमा रावलले आफ्नो उम्मेदवारी फिर्ता लिई शाहलाई जिताउन सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाएका छन्।

रास्वपाका उम्मेदवार शाहले मतदाताको चाहनाअनुसार सहमति भएको बताएका छन्। आफू निर्वाचित भए दुवै पक्षका साझा एजेन्डालाई अगाडि बढाउने उनले प्रतिबद्धता व्यक्त गरे।
अछाम-२ मा उम्मेदवारी फिर्ता र समर्थनको यो निर्णयले निर्वाचन समीकरणमा नयाँ प्रभाव पार्ने आकलन गरिएको छ।







प्रतिक्रिया लेख्नुहोस्