निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको ठहर गर्दै सेतोपाटी अनलाइनमाथि कारबाहीको प्रक्रिया अघि बढाउन प्रेस काउन्सिललाई पत्राचार गरेको छ।
आयोगका अनुसार सेतोपाटीले निर्वाचन अवधिमा प्रकाशित केही समाचारले आचारसंहिताको प्रावधान उल्लङ्घन गरेको देखिएको हो। चितवन-३ निर्वाचन क्षेत्रलाई लक्षित गर्दै प्रकाशित ‘चितवन–३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचन : रेणु दाहाल दोस्रो’ शीर्षकमा समाचारप्रति आयोगले आपत्ति जनाएको छ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त) र दफा २५ को उपदफा (१) को खण्ड (ख) विपरीत सामग्री प्रकाशित भएको ठहर गर्दै आयोगले सेतोपाटीमाथि आवश्यक कारबाही गर्न प्रेस काउन्सिलसँग अनुरोध गरेको जनाएको छ।







प्रतिक्रिया लेख्नुहोस्