नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु भएको छ । बैठक तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा बसिरहेको छ । पार्टीको बैठकमा सहभागी हुनका लागि विप्लव हिजो नै बन्दीपुर आएका थिए । बैठक ५ गतेसम्म संचालन हुने एक नेताले जानकारी दिएका छन् ।
बैठकमा केन्द्रीय समितिका ७६ सदस्य सहभागी हुनेछन् । सो होटलमा केन्द्रीय सदस्यसहित नेताको सुरक्षाका लागि पार्टीका पूर्वजनमुक्ति सेनाका सदस्य र युवा गरी १ सय ५० जना बसेका छन् । बैठककक्षमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ । त्यस्तै बैठक अवधीभर कुनै पनि केन्द्रीय सदस्यले पत्रकारहरुसँग कुरा गर्न नपाइने बताइएको छ ।
विप्लव नेतृत्वको पार्टीले केही दिनअगाडी काठमाडौँमा बृहत प्रदर्शन गरेको थियो ।







प्रतिक्रिया लेख्नुहोस्