कपा एमालेको केन्द्रीय कमिटि बैठक आज बस्दैछ । आज बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बैठक बस्ने तय भएको हो ।
बैठकमा विधान महाधिवेशनको तयारीका विषयमा छलफल हुने जानकारी दिइएको छ । साथै केन्द्रीय समिति बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरिनेछ ।
यी प्रस्ताव छलफलपछि पारित गर्ने एजेण्डा रहेको एमाले पार्टि कार्यालयका सचिवले बताएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्