२०८३ बैशाख २७, आइतवार

आज प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नवौँ अधिवेशनको आठौँ बैठक बस्न लागेको हो ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो २ बजे बैठक बस्ने तय गरिएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको जानकारी दिएको छ ।

आजै राष्ट्रियसभाको बैठक पनि बस्दै छ । राष्ट्रियसभाको बैठक बिहान ११ बजे बस्ने तय छ ।

प्रतिक्रिया लेख्नुहोस्