नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालत अगाडि लाठ्ठी चार्ज र हानाहान भइरहेको भन्दै त्यसप्रति आलोचना गरेका छन् ।
धनकुटामा आज आयोजित कार्यक्रममा उनले केही वकिलहरुको दादागिरी चलेको टिप्पणी गरे । जनताका समस्या हुँदाहुँदै न्यायाधीशहरु मुद्दा नहेरी आफ्नो स्वार्थमा लागेको उनको आरोप छ ।
‘एमाले अलिकति कमजोर भयो भने कस्तो हुँदोरहेछ देख्नुभो नि ! पाँच दलको गठबन्धनको कानुनी क्षेत्रको मारामार, कहिले लात्ति हानाहान, कहिले बन्द हड्ताल । अहिले सर्वोच्च अदालतका अगाडि लाठी चार्ज तथा मारामार, हानाहान, को–कोहोलो के गर्या हो त्यो रु अदालत हो कि… ?,’ उनले भने ‘जनताका समस्या त्यतिकै छन्, न्यायाधीश मुद्दा हेर्दैनन् । जनताको मुद्दा हेर्दैनन् । आ–आफ्ना स्वार्थको दाउपेच । केही वकिलहरुको दादागिरी चलेको छ । हामीले जे भन्यो त्यही हुनुपर्छ ।’







प्रतिक्रिया लेख्नुहोस्