२०८३ बैशाख २७, आइतवार

ईश्वर पोखरेलले ओलीसँग भने- वरिष्ठ उपाध्यक्ष मैले नपाए पद खारेज हुनुपर्छ

नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेता ईश्वर पोखरेलले वरिष्ठ उपाध्यक्ष आफूले पाउनुपर्ने नभए पद नै खारेज गर्नुपर्ने माग गरेका छन् ।

अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा उनले यस्तो माग गरेका हुन् । ‘वरिष्ठ उपाध्यक्ष मैले पाउनुपर्छ नभए पद खारेज हुनुपर्छ,’ पोखरेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

दुई नेताले दाबी नछाडेपछि पदाधिकारीको सूची बनाउने जिम्मा पाएका केपी ओली अप्ठेरोमा परेका छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्