२०८३ बैशाख २७, आइतवार

एमालेमा तयार भयो केन्द्रीय सदस्यको सूची

नेकपा एमालेको भावी नेतृत्व चयनका लागि वरिष्ठ उपाध्यक्ष र महासचिवबाहेकको सूची तयार भएको छ । दशौं महाधिवेशनको बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष केपी ओली बसेको पार्क सफारी होटलमा बसेर नेताहरूले सूची तयार गरेका हुन् ।

शनिवारको बन्दसत्रले सहमतिको सूची बनाउने जिम्मा ओलीलाई दिएको थियो । निवर्तमान उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले होटलको लवीमा आएर सूची प्रिन्ट गरेर लगेका छन् । उनले केहीबेरमा बन्दसत्र शुरू हुने जानकारी दिए ।

निवर्तमान सचिवले ९० प्रतिशत सहमति भइसकेको र केही पदाधिकारीमा सहमति गर्न बाँकी रहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्