नेकपा एमालेको दशौं महाधिवेशनको तेस्रो दिन आइतबार बन्दसत्र सुरु हुन सकेको छैन । बिहानैदेखि सहमतिको प्रयासका लागि भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू बसेकै होटलमा पार्टीका विभिन्न नेताहरुसँग छलफल गरेका कारण बन्दसत्र सुरु हुन नसकेको हो ।
अध्यक्ष ओलीले सहमतिमै नेतृत्व चयन गर्ने पहल गरेका हुन् । दिनभर विभिन्न नेतासँग छलफलमा व्यस्त रहेका ओलीले सहमतिमै नेतृत्व चयन गर्ने प्रयासस्वरुप दशौं महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी र केन्द्रीय समिति सदस्यको सूचीसमेत तयार पारिसकेको बताइएको छ ।पछिल्लो समय सोही सूचीमा आधारित रहेर छलफल भइरहेको स्रोतको भनाइ छ ।
छलफल सकेर साँझ ७ बजेपछि बन्दसत्र सुरु गर्ने तयारी भइरहेको बताइएको छ । ओली निकट नेता गोकुल बाँस्कोटाले पनि ७ बजेपछि बन्दसत्र सुरु गर्ने तयारी भएको जानकारी दिएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्