२०८३ बैशाख २७, आइतवार

एमाले महाधिवेशन: राति ११ बजेबाट मतदान सुरु गर्ने सम्भावना

नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि अध्यक्षसहित विभिन्न पदमा हुन गइरहेको मतदानमा ढिला हुन सक्ने केन्द्रीय निर्वाचन समितिका पदाधिकारीले जानकारी दिएका छन् ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा ढिला भएका कारण मतदानको समय पनि पर धकेलिन सक्ने जनाइएको हो । केही विषय मिलाउन बाँकी रहेका कारण उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा ढिलाइ भएको छ ।केन्द्रीय निर्वाचन समितिले मतदानका लागि राति ९ देखि बिहान ३ बजेसम्मको समय निर्धारण गरेको थियो ।

तर उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन बाँकी नै छ । केन्द्रीय निर्वाचन समितिका पदाधिकारीका अनुसार राति ११ बजेबाट मतदान सुरु गर्ने सम्भावना बढेको छ ।

प्रतिक्रिया लेख्नुहोस्