२०८२ फाल्गुन ७, बिहिबार

गोप्य रुपमा एमसीसी सम्झौता भइसकेको भीम रावलको दावी(भिडियोसहित)

नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले संसदबाट पारित नै नगरी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतालाई अघि बढाउन नहुने बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा रावलले एमसिसीमा उल्लेख भएका कुरा नेपालको संविधानसँग बाझिने खालको भएको भन्दै संसदबाट पारित नै नगरी अघि बढाउन नहुने बताएका हुन् । ‘एमसीसी सम्झौतामा भएका कतिपय व्यवस्थाहरु नेपालको संविधान, कानुनसँग बाझ्छन् । अरु देशसँग हामीले जसरी पारस्पारिक समानताको आधारमा ऋण, अनुदान लिनुपर्ने कुरालाई जसरी व्यवस्थित गर्नुपर्ने हो र गर्दै आएका छौँ, त्यो सँग बाझ्छन् ।’

उनले सबै सांसदले एमसिसीको अध्ययन गर्न पाउनुपर्ने धारणा पनि व्यक्त गरे । उनले रावलले एमसिसीको नाममा आफ्नो भूमि कुनै पनि कम्पनीलाई सुम्पिन नसक्ने जिकिर गरे । उनले कुनै पनि देशसित कूटनीतिक सम्बन्ध बलियो बनाउनुपर्ने तर सन्धि गर्दा देशको हितमा भए नभएको ख्याल गर्नुपर्ने धारणा राखे ।

उनले देशको हितलाई शर्तका रुपमा राखेर मुलुकको स्रोतको सदुपयोग गर्नेतर्फ लाग्नुपर्नेमा ध्यानाकर्षण गराए । देशको स्वाधीनता र अस्मितालाई खतरामा पार्न नहुने उल्लेख गर्दै उहाँले एमसिसी पारित भए बाह्य हस्तक्षेप बढ्ने जिकिर पनि गरे ।

प्रतिक्रिया लेख्नुहोस्