२०८३ जेष्ठ १, शुक्रबार

झलनाथ खनाललाई भेट्न प्रचण्ड डल्लुमा

नवगठित नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड डल्लु गएका छन् ।

खनाललाई भेट्न आज बिहान प्रचण्ड उनकै निवास डल्लु पुगेका थिए। खनालको निवासमा पुगेर प्रचण्डले स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

खनाल भारतमा उपचार गरेर केही दिनअगाडि स्वदेश फर्केका हुन्।

प्रतिक्रिया लेख्नुहोस्