२०८३ बैशाख ३०, बुधबार

काठमाडौं उपत्यकामा केही आदेश लागु हुने गरी हटाइयो निषेधाज्ञा, के-के छन् आदेश ?

काठमाडौं उपत्यकामा केही आदेश लागु हुने गरी निषेधाज्ञा हटाइएको छ । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले ५ महिनादेखि जारी निषेधाज्ञा हटाएको हो ।

बुधबार काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर निषेध भन्ने शब्दलाई हटाएर आदेश जारी गरेका हुन् । स्वास्थ्य मापदण्डहरू पालना गरेर क्रियाकलाप सञ्चालन गर्न सक्ने भन्ने मोडालिटीमा उक्त आदेश जारी गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् ।

अहिले भौतिक उपस्थितिमा पठनपाठन नगर्न भनेको छ भने गर्नैपर्ने अवस्थामा स्मार्ट लकडाउनको प्रावधान भित्र रहेर कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चाचालन गर्न सक्ने भएको हो। त्यस्तै पसल, रेष्टुरेन्ट, होटल लगायत व्यवसायहरू सञ्चालन गर्न पाइने भएको छ।

स्थानीय ढुवानीको हकमा बिहान बिहान ९ बजेदखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखदि ७ बजे सम्म गर्न पाइनेछ।सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानीको लागि भने बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म संचालन गर्न पाउने छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्