बलिउडका चर्चित अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ । उनको आज ४० वर्षको उमेरमा निधन भएको हो । हिन्दी टिभि सिरियलमा निकै सफलता हात पारेका सिद्धार्थले केही फिल्ममा समेत काम गरिसकेका छन् । उनको हृदयघातको कारण मृत्यु भएको बताइएको छ । उनको निधनको खबरले भारतिय फिल्म क्षेत्रमा सनसनी मच्चीएको छ ।
सिद्धार्थको शवलाई यतिबेला भारतको कपुर अस्पतालमा राखिएको छ । उनको शवको अहिले केहीबेरमा पोष्टमार्टम गरिने भारतिय सञ्चार माध्यमले जनाएको छ । उनले अभिनय गरेका केही टिभि सिरियलमा दिल से दिल तक, जाने पहचाने से ,बालिका वधु, आहट ,लभ यु जिन्दगी, बाबुल का आगन छोटे ना, सिआइडी लगायतमा उनको अभिनयलाई दर्शकले सर्वाधिक रुचाएका थिए ।
त्यस्तै सुरमा, विजनेस इन कजाकिस्तान ,हम्प्टी शर्माकी दुल्हनियां उनले अभिनय गरेका फिल्म हुन् । सिद्धार्थ भारतिय चर्चित रियालिटी सो बिग बोसमा अघिल्लो सिजनका विजेता समेत हुन् । अहिले भारतका चलचित्र कर्मीहरुले सिद्धार्थको निधनप्रति दुख व्यक्त गरिरहेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्