२०८३ कार्तिक ५, बुधबार

कलाकारले पनि लगाए दशैंको टीका, सामाजिक सञ्जालमा बाँडे खुसी

बडादशैंको मुख्य दिन विजयादशमीमा नेपाली कलाकारहरूले पनि मान्यजनबाट टीका तथा जमरा लगाएर दशैं मनाएका छन्। कलाकारहरूले परिवारका सदस्य तथा मान्यजनबाट टीका र जमरा ग्रहण गरेका तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेका छन्।

बुधबार बिहान १०ः२६ बजेको उत्तम साइतमा कलाकारहरूले टीका तथा जमरा लगाएर दशैं मनाएका हुन्। विजयादशमीका अवसरमा परिवार र आफन्तसँग भेटघाट गर्दै आशीर्वाद लिने परम्परालाई कलाकारहरूले पनि निरन्तरता दिएका छन्।

कलाकारहरूले टीका तथा जमरा लगाएका तस्बिर सामाजिक सञ्जालमा सेयर गरेसँगै उनीहरूका प्रशंसकले पनि शुभकामना तथा बधाई व्यक्त गरिरहेका छन्। दशैं नेपालीहरूको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व हो। विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी परिवार तथा आफन्तसँग खुसी साटासाट गर्ने चलन छ।

प्रतिक्रिया लेख्नुहोस्