नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् ।
गौतमले शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर अध्यक्षलाई संवोधन गर्दै पार्टीबाट राजीनामा दिएका हुन्।गौतमले एमालेका सबै पदबाट राजीनामा दिएको गौतमका स्वकीय सचिवले जानकारी दिएका छन् । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएर गौतम फर्किएको उनले बताएका छन् ।
२०५४ सालमा नेकपा एमाले विभाजन गरी नेकपा माले पार्टी खोलेका गौतमले २४ वर्षपछि पुनः एमाले छोडेका छन्। गौतम नेकपा विभाजनपछि कुने पक्षमा नलागेर एकता अभियान चलाइरहेका थिए।







प्रतिक्रिया लेख्नुहोस्