२०८३ जेष्ठ १, शुक्रबार

पछिल्लो २४ घण्टामा १ हजार २ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि, ९ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ८ सय ७५ नमूना परीक्षण गर्दा १ हजार २ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६ हजार ७ सय ५३ नमूनाको पीसीआर र ३ हजार १ सय २२ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराइएको थियो। जसमध्ये १ हजार२४ नमूनाको पीसीआर र २ सय ४४ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

शनिबार २ हजार १ सय ९५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्