२०८३ बैशाख ३०, बुधबार

वाग्मती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने

आज वाग्मती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले जानकारी दिएका छन् । पानी पार्ने मनसुनी प्रणाली सक्रिय रहेकाले यी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद्का अनुसार दिउँसो भन्दा राति धेरै पानी पर्ने सम्भावना छ । आज र भोलि दिउँसोको समयमा हल्कादेखि मध्यम खालको वर्षा भए पनि राति ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । वाग्मती र गण्डकी प्रदेशमा बाढी पहिरोको जोखिम उच्च रहेकाले रातको समयमा विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

भिरालो जमिन भएका ठाउँमा पहिरो जाने खतरा धेरै छ । यस्तै, नदी, खोल्सा आसपासका क्षेत्रमा पनि बाढीको जोखिम भएकाले सावधानी अपनाउन भनिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्