गुल्मीमा तीन वर्षकी बालिक मृत फेला परेकी छन् । जिल्लाको मदाने गाउँपालिका वडानम्बर-२ भेडिखोर निवासी तीन वर्षकी आयुशा पोखरेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षकले जानकारी दिएका छन् ।
बालिका शनिबार बिहान ११ बजे घरबाट खेल्ने क्रममा हराएकी थिइन् । उनलाई आइतबार बिहान प्रहरी र स्थानीयले खोज्ने क्रममा घरदेखि ५ सय मिटर पर खोल्सामा मृत फेला पारिएको डीएसपीले बताएका छन् ।
घटनास्थल तर्फ इलाका प्रहरी कार्यालय पुर्कोट दहबाट प्रहरी निरीक्षकको टोली खटिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्