‘जति सक्छस् लुट’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । महेन्द्र बोहराको स्वरमा रहेको ‘जति सक्छस् लुट’ गीतको भिडियो नेपाल रैबारको युटुब च्यानलमार्फत सार्वजनिक भएको हो ।
बोहराकै शब्द संगीत रहेको उक्त गीतको भिडियोको निर्देशन पनि उनैले गरेका हुन् । सन्तोष सुवेदीले छायाँकन गरेको उक्त भिडियोमा बिमल खड्का,महेन्द्र बोहरा र मनोज घिमिरेले अभिनय गरेका छन् ।
उक्त भिडियो सम्पादन तिलक फिल्मस प्रा.लि.ले गरेको छ ।







प्रतिक्रिया लेख्नुहोस्