नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्दले तीन बुँदे सहमतिप्रति इमानदार बन्न सरकारलाई आग्रह गरेका छन्। बुधबार पोखरामा आयोजित अखिल क्रान्तिकारीको २२औँ अधिवेशनलाई सम्बोधन गर्दै चन्दले सरकारले आफैँले गरेको सहमति कार्यान्वन नगरेर धोका दिएको बताएका छन् ।
नेकपा गत फागुन २० गते तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन बुँदे लिखित सहमित गरेर प्रतिबन्धित अवस्थाबाट खुला राजनीतिमा आएको थियो। उनले अझै पनि आफ्ना डेढ सय कार्यकर्तालाई सरकारले जेलबाट नछाडेको गुनासो गरेका छन् । उनले आफूमाथि शर्तमाथि शर्त राख्न खोजिएको बताउँदै यति सरकारले घेरा लगाउन खोजेको हो भने त्यसलाई तोड्ने चेतावनी दिएका छन् । सहमति कार्यान्वन नहुने अवस्थामा आफूहरु जनतालाई साथमा लिएर अघि बढ्ने उनको चेनावनी थियो।
गत फागुनमा सरकार नेकपाबीच राजनीतिक समस्याको समाधान वार्ता र छलफलबाट समाधान गर्ने, नेकपाले शान्तिपूर्ण रुपमा खुला राजनीति गर्ने र थुनामा रहेका कार्यकर्तालाई रिहा गरेर मुद्दा फिर्ता लिने सहमति भएको थियो।








प्रतिक्रिया लेख्नुहोस्