पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस गरेको छ । नेपालसहित ९७ जना प्रतिवादीविरुद्ध मंगलबार अभियोगपत्र पेस भएको हो ।
अख्तियारले सार्वजनिक जग्गा छुट दर्तामा भ्रष्टाचार भएको दाबी गर्दै विशेष अदालतमा मुद्धा लागेको हो ।
यस प्रकरणमा नेपालविरुद्ध ७३ करोड ४९ लाख विगो दाबी गरिएको छ ।
२०६६ मंसिर १६ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार रिजाल क्यानिङ एन्ड कम्पनी प्रालिले छुट पाएको जग्गामा हानिनोक्सानी भएको दाबी अख्तियारको छ ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको साँगास्थित पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टामा हिनामिना भएको दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो । २०८२ जेठ २२ गते उक्त मुद्दा दर्ता भएको थियो ।
उक्त मुद्दामा हदबन्दीभन्दा बढी रहेको ३१४ रोपनी १५ आना दुई पैसा एक दाम जग्गा बेच्दा भ्रष्टाचार भएको दाबी अख्तियारले गरेको थियो ।







प्रतिक्रिया लेख्नुहोस्