नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले बढेको छ । छापावाल सुन आइतबार प्रतितोला रु ८९ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ८५० तोकिएको छ । तेजाबी सुन आइतबार प्रतितोला रु ८८ हजार ५५० मा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको मूल्य आइतबारका तुलनामा आज प्रतितोला रु १० ले बढेको छ ।
आइतबार प्रतितोला रु एक हजार १५० मा कारोबार भएको चाँदी आज प्रतितोला रु एक हजार १६० तोकिएको हो । अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।






प्रतिक्रिया लेख्नुहोस्