२०८३ बैशाख २६, शनिबार

प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठक एमालेद्धारा बहिष्कार

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गर्ने भएको छ ।

प्रधानमन्त्री देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि अहिले बिहान १० बजे सर्वदलीय बैठक बोलाएका छन् । तर एमाले सर्वदलीय बैठकमा नजाने एक नेताले जानकारी दिएका छन् ।

एमालेले कारबाही गरेका १४ जना सांसदको सुचना सभामुखले टाँस नगरेको भन्दै संसद निरन्तर अवरोध गर्दै आएको छ । यसअघि सभामुखले बोलाएको सर्वदलीय बैठकपनि एमालेले बहिष्कार गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्