२०८३ कार्तिक ३०, आइतवार

काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना, तीनजनाको मृत्यु

मुगुमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा दुईजना घाइते भएका छन् ।

काठमाडौंबाट मुगुको रारा आउँदै गरेको वाग्मती प्रदेशको बा १७ च १८६४ नम्बरको जीप छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित जिमाकाँरा भीरबाट ६०० मिटर तल खसेको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार, जीपमा सवार पाँचजनामध्ये काठमाडौंको कलंकी बस्ने ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश पिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको हो ।

सो दुर्घटनामा परी जीप चालक ललितपुरका ५८ वर्षीय कञ्चन थापा र सोही ठाउँकी ५४ वर्षीया अञ्जु थापा घाइते भएका छन् । दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक रविराज थपलियाले बताए ।

प्रतिक्रिया लेख्नुहोस्