२०८३ जेष्ठ १, शुक्रबार

राजनीतिको बागडोर माओवादी र त्यसको नेतृत्वमा निहित छ: पम्फा भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राजनीतिको बागडोर नेकपा (माओवादी केन्द्र) र त्यसको नेतृत्वमा निहित रहेको बताएकी छन् । पार्टी स्थायी समितिसमेत रहेका मन्त्री भुसालले माओवादीहरू आफ्नो सङ्गठन, विचार र कार्यदिशामा स्पष्ट रहेको उल्लेख गर्दै देशको सिङ्गो राजनीति चलाउने क्षमता आफ्नो पार्टीमा रहेको दाबी गरेकी छन्।

माओवादी नेतृत्वमा एकताको पहल गर्ने, प्रतिक्रान्तिका विरुद्ध गोलबद्ध गर्ने, अग्रगामी शक्तिलाई मिलाउने क्षमता रहेको उल्लेख गरेकी छन् । ललितपुर महानगरपालिका–२२ को वडा सम्मेलनको आज उद्घाटन गर्दै उनले जनयुद्धका समयमा जनतासँग नङ र मासुको सम्बन्ध बनाएजस्तै गरी सङ्गठन विस्तार गर्ने बताएकी छन् । मन्त्री भुसालले भनिन्, ‘आम पार्टीे कार्यकर्ता र जनताको बलबाट सुदृढ सङ्गठन बनाएर पार्टीलाई अझै सबल बनाउनुपर्छ । टोल, वडा, पालिकास्तरमा सङ्गठन विस्तार गरेर जानुपर्छ । माओवादीलाई एकताबद्ध गरेर सुदृढ सङ्गठन बनाउँछौँ ।’

उनले जनताको लोकतन्त्र, संविधानको रक्षा र राष्ट्रियताका विषयमा आधारभूत सहमति भएपछि गठबन्धनको सरकार बनेको स्पष्ट पार्दै पार्टी गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएकी छन् ।

प्रतिक्रिया लेख्नुहोस्