२०८३ बैशाख १२, शनिबार

साताको दोस्रो दिन पनि सेयर बजारमा गिरावट

साताको दोस्रो दिन पनि सेयर बजार घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर बजार ६.६८ अंकले घटेको हो। सेयर बजार ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ५ सय ७०.८१ विन्दुमा सीमित भएको छ। ०.२६ प्रतिशतले बजार ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ५ सय ७०.८१ विन्दुमा सीमित भएको हो।

आज कारोबार सुरु भएको करिब १ घण्टामा सेयर बजार सकरात्मक देखिए पनि केही समयमै बजार ओरालो लागेको थियो। करिब ११ बजेर ५५ मिनेटमा सेयर बजार १०.८१ अंकले बढेको थियो भने १२ बजेर ७ मिनेटमा १६.२१ अंकको गिरावट आएको थियो। पुनः आधा घण्टापछि सेयर बजार १.७६ अंकले उकालो लागे पनि बजार भने स्थिर रहन सकेन।

आज ७६ लाख ५३ हजार २ सय २० कित्ता सेयर ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भएको छ। आज होटल तथा पर्यटन उप–समूह, अन्य, माइक्रो फाइनान्स् र लाइफ इन्स्योरेन्स बढेका छन्। होटल तथा पर्यटन समूह १२.८ अंक, अन्य उप–समूह २१.६१ अंक, माइक्रो फाइनान्स् उप–समूह ७२ अंक र लाइफ इन्स्योरेन्स उपसमूह ५.६२ अंकले बढेका छन्।

बैंकिङ उप–समूह ३.८८ अंक, ट्रेडिङ उप–समूह २०.७९ अंक, डेभलपमेन्ट बैंक उप–समूह ८६.४ अंक, हाइड्रो पावर उपसमूह ६५.०८ अंक, फाइनान्स् उप–समूह ५२.९३ अंक, नन् लाइफ इन्स्योरेन्स समूह १३.१७ अंक, न्यानुफ्याक्चर तथा प्रडक्शन उप–समूह ३२.४३ अंक, म्युचल फण्ड समूह ०.१ अंक र इन्भेष्टमेन्ट उप–समूह ०.६४ अंकले घटेका छन्। सबैभन्दा बढी हाइड्रो पावर उप–समूह ६५.०८ अंकले घटेको छ भने सबैभन्दा बढी अन्य उप–समूह २१.६१ अंकले बढेको छ।

 

प्रतिक्रिया लेख्नुहोस्