सानिमा बैंक लिमिटेडले मंगलबार काठमाडौंको गोकर्णेश्वरमा शाखा कार्यालय स्थापना गरी बैंकिङ सेवा सुरु गरेको छ । उक्त कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गरेको बैंकले जानकारी दिएको छ ।
उद्घाटन समारोहमा बोल्दै मेयर चालिसेले सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका छन् ।
यस्तै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका छन् ।






प्रतिक्रिया लेख्नुहोस्