२०८३ बैशाख २७, आइतवार

न्यायालयमा देखिएको विवादबारे गठबन्धनले सामूहिक धारणा बनाउने – प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले न्यायालयमा देखिएको विवादबारे गठबन्धनले सामूहिक धारणा बनाउने बताउनुभएको छ ।

जनकपुर विमानस्थलमा शनिवार पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले अहिले गठबन्धनका कोही नेता यता, कोही उता रहेकाले एकत्रित भएर न्यायालयको विवादबारे सामूहिक धारणा बनाउने बताउनुभएको हो ।

यसबारेमा केही दिनभित्रै सत्ता गठबन्धनको बैठक बस्ने र त्यसैले औपचारिक धारणा बनाउने दाहालको भनाइ छ ।  ‘न्यायालयको विवाद समाधान गर्न काठमाडौं केन्द्रित भएर हामी बैठक बसेर सामूहिक धारणा बनाउँछौं,’ उहाँले भन्नुभयो

प्रतिक्रिया लेख्नुहोस्