२०८३ बैशाख २७, आइतवार

प्रधानमन्त्री देउवाले स्टकल्याण्डमा कोप–२६ सम्मेलनलाई सम्बोधन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वर्ल्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति त्यहाँ पुगेका छन् ।

सोमबार र मंगलबार (यही नोभेम्बर १ र २) मा ग्लास्गोमा हुने कोप–२६अन्तर्गतको वर्ल्ड लिडर समिटमा भाग लिन त्यहाँ पुगेका हुन् । उनीले स्थानीय समयानुसार सोमबार दिउँसो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई सम्मेलनलाई सम्बोधन गर्दै साथै उनले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्नेछन् ।

मङ्गलबार बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । सोही दिन उनले श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता तथा विश्व बैंक, आइएमओ र युके एमओडीका पदाधिकारीसँग पनि साइडलाइन बैठक गर्नेछन् ।

सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेपालबाट शुक्रबार राति संयुक्त अधिराज्यको लण्डन पुगेका थिए । प्रधानमन्त्री देउवासँग शनिबार र आइतबार लण्डनमा विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरूले भेटवार्ता गर्नुका साथै विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।

अक्टोबर ३१ देखि ग्लास्गोमा सुरुआत भएको कोप–२६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ ।

प्रतिक्रिया लेख्नुहोस्