सुनको भाउ लगातार चार दिन दिनदेखि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले कात्तिक २४ गतेदेखि सुनको भाउ बढेको जानकारी दिएको छ । कात्तिक २३ गते प्रतितोला ९२ हजार ३ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य त्यसयता निरन्तर बढेको हो ।
कात्तिक २४ गते ४ सय, २५ गते १३ सय र २६ गते ४ सयले बढेको सुनको मूल्य आज २ सयले बढेको महासंघले जनाएको छ । यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँ रहेको महासंघले बताएको छ । आज सुनसँगै चाँदीको मूल्य पनि बढेको छ ।
चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढ्दै १२ स ९५ रुपैयाँ पुगेको छ ।






प्रतिक्रिया लेख्नुहोस्