२०८३ बैशाख २७, आइतवार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बूढानीलकण्ठमा बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बूढानीलकण्ठमा बस्दैछ । पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा बस्ने भनेको बैठक बूढानीलकण्ठमा बस्ने भएको हो । अहिले केहीबेरमा प्रधानमन्त्री तथा पार्टी सभापति देउवानिवास बूढानीलकण्ठमा बैठक बस्न लागेको कांग्रेसका मुख्य सचिवले जानकारी दिएका छन् ।

पार्टी कार्यालय सानेपामा क्रियाशील सदस्यता विवादको विषयमा विभिन्न जिल्लाका नेता तथा कार्यकर्ता धर्नामा छन् । त्यसैले बैठक देउवा निवासमा बस्न लागेको बताइएको छ । बैठकले पार्टीको आसन्न १४औँ महाधिवेशनको कार्यतालिका अनुमोदन गर्नेछ । शनिबारको पदाधिकारी बैठकले कार्यतालिका तय गरेको थियो । कांग्रेसको महाधिवेशन २४ देखि २६ मंसिरका लागि काठमाडौंमा तय भइसकेको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको सहभागिता रहनेछ । आजको बैठकमा भ्रातृ संस्थाबाट हुने प्रतिनिधित्व र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधित्वलगायत विषयमा पनि छलफल हुने नेताहरूले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्