नेपाल बार एशोसियसन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग वार्तामा नबस्ने भएको छ ।
प्रधानन्यायाधीशले वार्ताका लागि आग्रह गर्दै विज्ञप्ति जारी गरेको केहीबेरमा बारका तर्फबाट आधिकारिक धारणा सार्वजनिक गर्दै अहिले प्रधानन्यायाधीशसँग वार्ताको वातावरण नभएको बताएको हो ।
बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अहिले आफूहरु प्रधानन्यायाधीशसँग वार्तामा नबस्ने बताएका हुन् ।सर्वोच्च बारका अध्यक्षले आफूहरुको युनिटका सबैलाई काठमाडौं बोलाएर सर्वोच्च केन्द्रित आन्दोलन थाल्ने बताएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्