२०८३ असार १९, शुक्रबार

नेपाल बारले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने

नेपाल बार एसोसिएसनले आज तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलन गर्दै आएको बारले धर्नालाई निरन्तरता दिँदै अझै सशक्त कार्यक्रम तय गर्न लागेको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिएका छन् ।

उनले सर्वोच्चमा धर्ना दिइरहेको कार्यलाई निरन्तर जारी राख्ने बताएका छन् । धर्नापछि आयोजित विरोध सभालाई मंगलवार सम्बोधन गर्दै श्रेष्ठले भने, ‘आज बैठक बसेर तेस्रो चरणको कार्यक्रम तय गर्दैछौं । अझ सशक्त कार्यक्रम आउन सक्छ ।’

उनले प्रधानन्यायाधीश जबराको राजीनामाबाट मात्र न्यायालय सुधारको शुरूआत हुने दाबी गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्