काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको आकस्मिक कक्षमा ड्युटीमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि गालीगलौज, धाकधम्की र हातपात गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा काठमाडौँ, कीर्तिपुर नगरपालिका–४ बस्ने अन्दाजी ४१ वर्षीय राम कुमार बुढाथोकी, २३ वर्षीय आयुष बुढाथोकी र २७ वर्षीय सचिन बुढाथोकी रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत असोज १४ गते राति करिब १ बजे अस्पतालको आकस्मिक कक्षमा पुगेका उनीहरूले ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरूलाई गालीगलौज, धाकधम्की दिँदै हातपात गरेका थिए ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको थियो । उनीहरूमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिनको म्याद थप गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया लेख्नुहोस्