२०८३ बैशाख १०, बिहिबार

‘घुँइचो’ फिल्ममा अभिनय गर्ने एलिजा गौतम

नायिका तथा मोडल एलिजा गौतम ‘घुँइचो’ फिल्ममा अभिनय गर्ने भएकी छन्। यसअघि ‘अनुराग’मा काम गरेकी एलिजाले करिअरको दोस्रो फिल्मका रुपमा सम्झौता गरेकी हुन्। एलिजाले रामजी दैलेखीको निर्माणमा बन्ने यो फिल्ममा दुर्गम गाउँको युवाको अमेरिकासम्मको यात्रा समेटिने बताइएको छ।

क्यानडाबाट फर्किएको केही समयपछि नायिका गौतमले निर्माता दैलेखीसँग सम्झौता पत्रमा हस्ताक्षर गरेकी हुन्। आरजे म्युजिक एण्ड मिडियाको ब्यानरमा बन्ने यो फिल्ममा आबद्ध भएपछि एलिजाले खुसी हुँदै भनिन्, ‘मैले लामो समयदेखि यस्तै कथाको प्रतिक्षा गरिरहेकी थिएँ। घुँइचोमा खोजेजस्तै कथा पाएपछि काम गर्न तयार भएकी हुँ।’

निर्माता दैलेखीले नायिका गौतमसँग संझौता भएको र अन्य कलाकार पनि चाँडै टुंगो लगाइने जानकारी गराएका छन्।

 

प्रतिक्रिया लेख्नुहोस्